पछिल्लो समय निरन्तर ब्याजदर घट्दै गएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार, २०८२ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.५६ प्रतिशतमा झरेको छ ।
२०८१ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.२९ प्रतिशत थियो । यस्तै २०८२ असोजमा विकास बैंकहरूको ७.९२ प्रतिशत र वित्त कम्पनीहरूको ८.४८ प्रतिशत रहेको छ । २०८१ असोजमा विकास बैंकहरूको ९.१३ प्रतिशत र वित्त कम्पनीहरूको १०.३५ प्रतिशत रहेको थियो ।
२०८१ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९६ प्रतिशत रहेकोमा २०८२ असोजमा १.९१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ असोजमा ३.०० प्रतिशत रहेकोमा २०८२ असोजमा २.५८ प्रतिशत रहेको छ ।
२०८२ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत, विकास बैंकहरूको ४.४५ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशत रहेको छ ।
२०८१ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.२४ प्रतिशत, विकास बैंकहरूको ५.९४ प्रतिशत र वित्त कम्पनीहरूको ७.२१ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी, २०८२ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको छ ।
२०८१ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत, विकास बैंकहरूको १०.६३ प्रतिशत र वित्त कम्पनीहरूको ११.८६ प्रतिशत रहेको थियो ।












प्रतिक्रिया