सेयर बजारमा सामान्य अंकको गिरावट


काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ अंकमा पुगेको हो ।

कारोबारमा आएका ३३७ कम्पनीमध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार ४७ हजार १७६ पटकको कारोबारमा ७९ लाख ५७ हजार ५६ कित्ता सेयरहरु ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार अन्य समूह १६.७३ अंकले बढेको बजारमा होटल तथा पर्यटन समूह ११.९७ अंकले र उत्पादन तथा प्रशोधन समूह २.१५ अंकले बढेको छ ।

अरु सबै उपसुचकमा गिरावट आउँदा सबैभन्दा बढी निर्जीवन बीमा समूह ५२.११ अंकले घट्दा विकास बैंक समूह २७.६१, वित्त समूह १९.७१, लघुवित्त समूह १८.४७, जीवन बीमा समूह १३.६३, वाणिज्य बैंक समूह ४.११ अंकले र व्यापार समूह ३.८० अंकले घटेको छ ।

आइतबार समग्र बजार घट्दा पनि सागर डिस्टीलरी, बुङगल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डेभेन्चर २०८५ को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, भुगोल इनर्जीको नकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.५२ प्रतिशतले घटेको बजारमा दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य ६.०९ प्रतिशत, पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ५.२३ प्रतिशत र माबिलुङ इनर्जीको सेयर मूल्य ४.३७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा २८ करोड ९० लाख ७३ हजार रुपैयाँको कारोबार सहित१०.७५ प्रतिशत एसबिएल डिभेन्चर २०८९ शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ३ लाख ९४ हजार ९७७ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा ३ हजार ४८१ इकाईको कारोबार सहित दरमखोला हाइड्रो इनर्जी शीर्षस्थानमा रहेको छ ।

आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४२ खर्ब ६४ अर्ब ५० करोड ८ लाख रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४२ खर्ब ७३ अर्ब १४ करोड ७६ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।