काठमाडौँ । ओपो नेपालले आफ्नो नयाँ स्मार्टफोन ओपो बुट एचवाई को प्रि–बुकिङ औपचारिक रूपमा सुरु गरेको छ। अब ग्राहकहरूले फोन औपचारिक रूपमा सार्वजनिक हुनु अघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन्। प्रि–बुकिङ अवधि कार्तिक अठाईस गतेदेखि मंसिर एक गतेसम्म देशभरिका सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ।
प्रि–बुकिङ गर्ने ग्राहकहरूमध्ये पहिलो ४ सय भाग्यशाली व्यक्तिले करिब ३ हजार ४ सय ६९ बराबर मूल्य पर्ने ब्लुटुथ गेमिङ इयरफोन उपहारस्वरूप प्राप्त गर्ने मौका पाउनेछन्। यो अफर सीमित संख्याका शुरुवाती ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ।
ग्राहकहरूले यो अफरमा सहभागी हुन नजिकको ओपो अधिकृत बिक्रेता उपस्थित भई प्रि–बुकिङ फाराम भर्नु पर्नेछ। प्रि–बुकिङ पूरा गर्ने पहिलो ४ सय ग्राहक स्वतः उपहार प्राप्तकर्ताको सूचीमा समावेश हुनेछन्।
ओपो बुट एचवाई स्मार्टफोनले आकर्षक डिजाइन, द्रुत कार्यक्षमता र आजका युवा पुस्ताको आवश्यकता अनुसारको प्रदर्शनलाई केन्द्रमा राखेर सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ। यो स्मार्टफोन मंसिर २ गते औपचारिक रूपमा बजारमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय स्मार्टफोन सिरिजलाई अझ सुदृढ बनाउने कम्पनीको विश्वास छ।
प्रि–बुकिङ अफरमार्फत ओपोले आफ्ना शुरुवाती ग्राहकहरूलाई विशेष उपहारसहित थप उत्साहजनक अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।












प्रतिक्रिया