लक्ष्मी लघुवित्तको साधारण सभाबाट २३.१६ प्रतिशत अनुमोदन

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) को पुस २९ गते बुधवार सम्पन्न नवौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको २३.१६ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने रकम ४ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र ८.१६ प्रतिशतले हुने नगद लाभांश २ करोड २७ लाख ३ हजार ४२१ रुपैयाँ (कर समेत) नगद लाभांश पारित गरेको हो । बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ पुग्नेछ ।

साथै, अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लाई समेत निरन्तरता प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५२ जिल्लाहरुमा ७२ वटा शाखा कार्यालयहरु मार्फत ९० हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पु¥याएको छ । त्यस्तै गरी संस्थाले ५.६८ अर्ब कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहकहरुबाट १.८३ अर्ब बचत संकलन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ माघ २०७७, बिहिबार  १८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।