एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिको जानकारीका लागि अनलाइन पोर्टल


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिसम्बन्धी सम्पूर्ण लिलाम बिक्री जानकारी एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले आधुनिक अनलाइन पोर्टल सार्वजनिक गरेको छ। यस पोर्टलमार्फत बैंकले लिलाम बिक्रीमा राख्ने सम्पत्तिसम्बन्धी सूचनाहरूलाई सहज, पारदर्शी र विस्तृत रूपमा पहुँच गराउने लक्ष्य राखिएको छ।

ग्राहकहरूले बैंकद्वारा प्रकाशित लिलाम बिक्री सम्बन्धी सूचनामा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरेपछि सो पोर्टलमा प्रवेश गर्न सकिन्छ। पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल विवरण, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका सम्पूर्ण आवश्यक विवरण समेटिएका छन् ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।