एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडले म्याग्दीको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनी सञ्चालक अध्यक्ष जीवनाथ लामिछानेको अध्यक्षतामा माघ १ गते विद्युतिय माध्यम सम्पन्न भएको सञ्चालक समितिको बैठकले संयुक्त उर्जा प्रा.लि.द्धारा प्रर्वद्र्धित उक्त आयोजनामा बढीमा ५ करोडसम्म लगानी गर्ने भन्ने निर्णय गरेको हो ।
हाललाई पाँच करोड रुपैयाँको २० प्रतिशतले हुने १ करोड रुपैयाँ लगानी गर्ने र संयुक्त उर्जा प्रा.लि.को सञ्चालक समितिको तर्फबाट निर्णय भै आवश्यक प्रकृयाहरु पूरा भई माग गरे अनुसार रकम क्रमशः लगानी गर्दै जाने निर्णय गरिएको कम्पनी सचिव बद्रीबिशाल घिमिरेले जानकारी दिए ।
बैठकमा प्रमुख कार्यकारी अधिकृत उषा खतिवडा सहित सञ्चालकहरु रामेश्वर शाह, कृषण्प्रसाद पाण्डे, महेशकुमार श्रेष्ठ, बालकृष्ण गुरुङ्गको उपस्थिति रहेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया