काठमाडौँ । धितोपत्र बोर्ड (सेबोन) मा ६ कम्पनी थपिएका छन् । सेबोनका कर्मचारीहरुको आन्दोलन टुगिंएसँगै कृषि र लघु बिमाका ६ कम्पनी थपिएका हुन् ।
उत्पादन तथा प्रशोधन समूह अन्तर्गत कृषि क्षेत्रका एनसी एग्रोटक इन्डस्ट्रिज लिमिटेड, दाउन्ने एग्रो फार्म लिमिटेड र जस्मिन पेन्टस लिमिटेडले बोर्डमा आईपिओ निष्काशनको अनुमती मागेका हुन् ।
यस्तै, लघु बीमा समूह अन्तर्गत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि आवेदन दिएका छन् । यी कम्पनीहरुले १ सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशनको लागि आवेदन दिएका हुन ।
पाइपलाइनमा ६३ लाख ७५ हजार कित्ता आइपीओ थपिएको हो । सेबोनका अनुसार एनसी एग्रोटक इन्डस्ट्रिज लिमिटेडले १८ लाख ७५ हजार कित्ता, दाउन्ने एग्रो फार्मले १२ लाख ५० हजार कित्ता, जस्मिन पेन्टसले १० लाख कित्ता र ३ वटै लघु बीमा कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ । बोर्डले अनुमती दिएसँगै आईपिओ निष्काशन प्रक्रियामा जाने छ ।












प्रतिक्रिया