काठमाडौँ । एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालि नेपालको लागि हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल) को अधिकृत वितरक, एचपी ल्युब्रिकेन्ट्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि “अफिसियल ल्युब्रिकेन्ट पार्टनर” बनाउने विशेष साझेदारीको घोषणा गरेको छ।
सम्झौता त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अंकुर खनाल, कार्यकारी निर्देशक, प्रियदर्शी राय, महाप्रबन्धक, एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि, तथा पारस खड्का, सचिव, नेपाल क्रिकेट संघ (क्यान) बीच हस्ताक्षर गरिएको हो।
यो साझेदारीले क्रिकेटजस्तो धैर्य, शक्ति, सन्तुलन र निरन्तरतामा आधारित खेललाई एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन “पावर टु परफर्म” सँग जोड्दै प्रदर्शनका दुई महत्वपूर्ण क्षेत्रलाई एकसाथ ल्याएको छ।
एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले देशमा बढ्दो क्रिकेट विकासयात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गर्दै एनपीएलले नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ। नेपालभर उच्च–गुणस्तरीय ल्युब्रिकेसन सेवाको विश्वसनीय ब्रान्डका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी र उपभोक्ता दुवैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा एमएडब्ल्युका प्रतिनिधिहरूले भने, “यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो। जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीलाई समर्थन गर्न पाउँदा हामी गर्व गर्छौँ।”












प्रतिक्रिया