काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ अंकमा पुगेको छ ।
कारोबारमा आएका ३४५ कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । मंगलबार ५५ हजार २७७ पटकको कारोबारमा ९२ लाख ५५ हजार ४५७ कित्ता सेयरहरु ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँमा किनबेच भएका छन् ।
सोमबार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ पुगेको थियो ।
सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुङगल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यता, एभरेष्ट बैंकको डेभेन्चर २०९१ को सेयर मूल्य ३.५४ प्रतिशतले घटेको छ । कुमारी सबल योजनाको सेयर मूल्य ३.४९ प्रतिशतले घटेको बजारमा हिमालयन पावर पाटनरको सेयर मूल्य २.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा शाहस ऊर्जा २२ करोड ९१ लाख ६६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा बरुण हाइड्रोपावर ४ लाख ५० हजार ५९५ इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा बुङगल हाइड्रो ४ हजार ४२ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
मंगलबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४३ खर्ब ८ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कायम भएको छ । सोमबार कूल बजार पूँजीकरण ४२ खर्ब ८२ अर्ब ११ करोड ७५ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया