काठमाडौँ । हिजो सोमबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेड बीच आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता काठमाडौँको डिल्लीबजारमा भएको हो ।
सम्झौतामा हिमालयन इनर्जीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन इनर्जीको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।












प्रतिक्रिया