स्वदेशी लघुवित्तको नाफा झण्डै दोब्बर, शतप्रतिशत पूँजी बढाउँदा पनि सन्तुलनमा प्रतिशेयर आम्दानी

0
Shares

स्वदेशी लघुवित्तले गत आर्थिक वर्षमा ७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो । अघिल्लो वर्ष स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको नाफा ९७.१८ प्रतिशतले बढेको छ । शतप्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी सन्तुलनमा राखेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा कायम गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४८ पैसा मात्र कम हो ।

लघुवित्तले खुद ब्याज आम्दानी र सबै आम्दानीका सूचकहरुलाई बढाएर खर्च सन्तुलनमा राख्दा नाफा बढाउन सफल भएको हो । चुक्ता पूँजी २३ करोड रुपैयाँ भएको लघुवित्तको जगेडा कोषमा १८ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म एक अर्ब दुई करोड रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले दुई अर्ब २८ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण गरेर तीन अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाट लघुवित्तले २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

स्वदेशी लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ४८ पैसा, निष्कृय कर्जा अनुपात १.५४ प्रतिशत छ। कम्पनीको निष्कृय कर्जा भने केहि बढेको छ ।