झिनो अंकले घट्यो नेप्सेः सुचकाङ्क २५६०.१५ विन्दुमा, कारोबार ४ अर्ब ६८ करोड माथि


काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिममा ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका ३२८ कम्पनीमध्ये ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहीबार ६६ हजार ७९ पटकको कारोबारमा १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयरहरु ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ पुगेको थियो ।

बिहीबार धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार, झापा इनर्जी, सागर डिष्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सिन्धु विकास बैंकको सेयर मूल्य ९.६० प्रतिशतले बढेको छ ।

यता, बुङ्गल हाइड्रोको सेयर मूल्य ९.०५ प्रतिशतले घटेको छ । सानिमा ग्रथ फण्डको सेयर मूल्य ५.७६ प्रतिशत, दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य ४.९१ प्रतिशत, विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.७९ प्रतिशतले र कर्पाेरेट विकास बैंकको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा साहस ऊर्जा ४१ करोड ८० लाख ८३ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि साहस ऊर्जा ६ लाख १९ हजार २४३ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा बुङ्गल हाइड्रो ७ हजार ३३४ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।