काठमाडौँ । एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ । साथै, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी शंसोधन गर्दै पूँजी संरचनामा पुनर्संरचना गर्ने तथा संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना समेत पुनर्सन्तुलन गर्ने निर्णय पनि गरेको कम्पनीले जनाएको छ ।
सभाले १०० रुपैयाँ अंकित दरका ४२ लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्दै प्रशासनिक, वित्तीय र प्राविधिक सुधारका लागि सञ्चालक समितिलाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान गरेको छ ।
कम्पनीले शेयरधनीहरूप्रतिको विश्वासको पुनः पुष्टि गर्दै, भविष्यमा एशियन होटलको सेवा स्तर र व्यवसाय विस्तारमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अध्यक्ष अधिकारीले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र होटललाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । होटलले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।
कम्पनीले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धकको रुपमा नियुक्ति गरिसकेको समेत जनाएको छ ।












प्रतिक्रिया