कामना सेवा विकास बैंकको नाफा साढे ३९ करोड, सम्पत्ति बिक्रीबाटै २१ करोड धेरै आर्जन

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत आवको यहि अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गैर सञ्चालन आम्दानीबाटै बैंकले २१ करोड २ लाख नाफा कमाएपछि बैंकको नाफा गत आवको तुलनामा २४ करोड ६२ लाखले बढेको हो ।

बैंकका वितरण योग्य नाफा पनि बढेर २७ करोड १९ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ३०.७१ रुपैयाँ छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ११.६९ रुपैयाँ रहेकोमा १७.७३ रुपैयाँले बढेको हो ।

बैंकको जगेडा कोषमा ४९ करोड ५३ लाख र शेयरधनी कोषमा २६ करोड ८९ लाख ७६ हजार रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा ३८ अर्ब १८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६८ करोड ८० लाख ८९ हजार र सञ्चालन नाफा ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३०.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.९८ गुणा र निष्क्रिय कर्जा अनुपात १.५९ प्रतिशत पुगेको । यस्तै कोषको लागत ६.४८ र आधारदर ९.०६ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।