.jpg)
वोमी लघुवित्त वित्तीय संस्था (WOMI) र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा अन्तिम मर्जर सम्झौता भएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको वोमी र सूचीकृत नभएको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो ।
गत भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकबाट ग्रामीण स्वयंसेवकसँग मर्जरमा जाने सम्झौता गरेको वोमी लघुवित्तले चार महिनापछि एकीकृत कारोबार गर्नेगरी प्रकृया अगाडि बढाउन माघ ४ गते अन्तिम सम्झौतामा हस्ताक्षर गरेको थियो ।
यस्तै नेप्सेमा रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली २०७३ को विनियम १२ (६) अनुरुप सहमति गरिएको वोमी लघुवित्तले जनाएको छ ।
मर्जर सम्झौता भएसँगै वोमी लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का छ । यसअघि वोमीले नागरिक लघुवित्तलाई गाभेको थियो ।
गत आवबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरणपछि वोमी लघुवित्तको चुक्ता पूँजी ३६ करोड १२ लाख २ हजार ४०० रुपैयाँ पुगेको छ भने ग्रामीण स्वयंसेवकको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ ।
वोमीको केन्द्रीय कार्यालय भरतपुर, आस्था चोकमा र ग्रामीण स्वयंसेवकको केन्द्रीय कार्यालय सर्लाहीमा छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया