दिपल एस ०७ आईसिएमा‘ बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च


काठमाडौँ । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’ मोडेलदिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ ।

बाईब्याक ग्यारेन्टी कार्यक्रम अन्तर्गत दिपल एस ०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउने छन् । यो स्किमले इभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।

पाँच वर्षसम्म शुन्य खर्च

बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँचवर्ष सम्म शुन्य खर्च लाग्ने बृहत कार्यक्रमको पनि उपभोग गर्न सक्ने छन् । यस अन्तर्गत ग्राहकले पाँचवर्ष सम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमालाग्ने खर्च र‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन । आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किम मार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध इभी ‘एक्सपिरियन्स’ गर्न पाउने छन् र यसले विश्वसनीयता र दीर्घकालिन सेवाप्रति एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई दर्शाउँछ ।

‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दिपल एस ०७ आईसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलइभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो ।’

लक्जरी र प्रविधिको नयाँ मापदण्ड

एस ०७ आईसिएमा दिपल एपमा ग्राहकलाई कार सँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोलगर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।साथै यसमा ४ जी ५ जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजनम्युजिक, स्पटिफाई र लाइभनेभिगेसनको समेत सुविधा रहेको छ ।

दिपल एस ०७ आईसीएम ाआफ्नो ट्रेन्डसेटिंग डिजाइन र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्छ ।यसको ‘टाइमलेस डिजाइन’र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका ‘इन्डस्ट्री फस्र्ट’फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार  १२ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।