साढे ६ करोड राजस्व छलीको कसुरमा मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल विजक प्रयोग गरी साढे ६ करोड राजस्व छली गर्ने एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बारा जिल्ला विश्रामपुर बस्ने शुलभ ट्रेड कन्सर्नका प्रोप्राईटर अमिरी ठाकुरबाट ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

शुलभ ट्रेड कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी २ करोड १५ लाख ८८ हजार २०३ रुपैयाँ भ्याट तथा ४ करोड ३६ लाख २५ हजार ५२३ आयकर छली गरेको आयोगको ठहर छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  १५ : १२ बजे