नेप्सेमा एक करोड ११ लाख कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बैंक अफ काठमाण्डू (BOKL) को बोनस शेयर सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस शेयर सोमबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस शेयर वितरण गरेको थियो । सोही बोनस शेयर सोमबार सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले शेयरधनीलाई वितरण गरेको उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  १८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।