काठमाडौँ । सेयर बजारमा लगातार सुधार कायम रहेको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६० अंकमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ३२२ कम्पनीका १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयरहरु ९१ हजार ७०५ पटक किनबेच हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से ५.३२ अंकले बढेर २६५५.९९ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ पुगेको थियो ।
आइतबार झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर अग्रीटेक इन्डस्ट्री र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि बोट्लर्स नेपालको सेयर मूल्य ३.९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ६२ करोड ४३ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ४ लाख ४५ हजार २५ इकाईको कारोबार सहित बरुण हाइड्रोपावर अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा भने बन्दीपुर केबलकार २३ हजार ६८८ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४४ खर्ब ७५ अर्ब ६० करोड ९ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४४ खर्ब ५९ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया