नेपाल लाइफले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ बनाउने, ५१ प्रतिशत लाभांश बाड्न साधारण सभा आह्वान

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश पारित गर्नुका साथै ‘स्टक स्प्लीट’ को प्रस्ताव राखेर साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले माघ २८ गते होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे बिसौँ वार्षिक साधारण सभा डाकेको छ।

कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी ५० रुपैयाँ कायम गर्ने प्रस्ताव साधरणसभामा लैजाने भएको छ । यो प्रस्ताव साधारणसभा बाट पारित भएपछि सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्तावित ५१ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले ३१ प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव राखेको छ ।

त्यस्तै साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट दुई जना सञ्चालक पनि चयन गर्ने छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेकोमा लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ। कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।