किड्जी प्रि–स्कुलद्वारा देशव्यापी वाकाथन सम्पन्न


काठमाडौँ । किड्जी प्रि–स्कुलहरूले देशभर “खेलका लागि हिँडौँ, स्क्रिनबाट टाढा रहौँ” भन्ने उद्देश्यसहित वाकाथन आयोजना गरेर बालबालिकालाई बाहिर निस्केर खेल्न र अभिभावकसँग वास्तविक समय बिताउन प्रोत्साहित गरेका छन्।

काठमाडौंका विभिन्न क्षेत्र तथा चितवन, विराटनगर, जनकपुर र बिरगन्जका केन्द्रहरूको सहभागितामा सम्पन्न वाकाथनमा बालबालिका र अभिभावकहरूको उत्साहपूर्ण उपस्थिति रह्यो। यसअघि किड्जी नेपालले पारस खड्कालाई ब्रान्ड एम्बासेडर घोषणा गरेको थियो। बालबालिकाको वास्तविक खेल, सिकाइ र परिवारसँग बिताउने समयको महत्त्वबारे प्रेरणादायी सन्देश दिएको किड्जीले जनाएको छ।

रंगीन वातावरण, हाँसो र सक्रिय सहभागितासहित सम्पन्न वाकाथनले बालबालिकालाई स्क्रिनभन्दा वास्तविक खेल कति महत्त्वपूर्ण छ भन्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको छ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।