नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।

सो सम्बन्धमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड को केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैक र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।

अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रहेको नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्बको साधारण शेयर निष्कासन गरेको छ ।

माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ्ग कारोबार समय पश्चात बन्द हुन लागेको यस सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिन्छ भने आइपीओको इतिहासमा सबै भन्दा धेरै आवेदन पर्ने निश्चित देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।