निफ्राको आईपीओमा मेरो शेयर मार्फत मात्रै पर्यो सवा १२ लाख आवेदन

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को साधारण शेयर (आईपीओ) मा मेरो शेयरको वेवसाइट तथा एप मार्फत बाट मात्रै १२ लाख १७ हजार बढी आवेदन परेको छ । बैंकमा अन्तिम दिन मंगलबार साँझ सवा ६ बजेसम्ममा कुल १५ लाख २९ हजार ४६० वटा आवेदन परेकोमध्ये ८० प्रतिशत आवेदन मेरो शेयर मार्फत परेको हो ।

यसअघिको आईपीओमा करिब ९० प्रतिशत हाराहारीमा मेरो शेयर मार्फत आवेदन पर्ने गरेकोमा निफ्राको आईपीओमा भने मेरो शेयरको आवेदन घटेको हो ।

बैंकको शेयरमा उपत्यका बाहिरबाट समेत प्रयाप्त माग पर्दा बैंक तथा वित्तीय संस्थाको सि-आश्वा प्रणालीबाट पनि २० प्रतिशत आवेदन परेको हो ।

अन्तिम दिन मंगलबार साँझ ६ बजेसम्ममा कम्पनीको शेयरमा १५ लाख २९ हजार ४६० आवेदनबाट २.३९ गुणा धेरै कित्ता शेयर माग भएको छ । ७ अर्ब ५८ करोडको आईपीओमा १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थाको सि आश्वा प्रणालीबाट अझै आवेदन आउने क्रम रहेकाले आवेदन संख्या अझै बढ्ने जनाइएको छ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।