एनआईसी एशिया ग्रोथ फण्डले दश प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा

0
Shares

एनआईसी एशिया ग्रोथ फण्डले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

योजना ब्यबस्थापक एनआईसी एसिया क्यापिटलको संचालक समितिको बैठकले कर सहित १० प्रतिशतले हुन आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

एनआइसी एशिया क्यापिटलको दोस्रो म्युचुअल फण्ड एनआइसी एशिया ब्यालेन्स फण्डको साउन ८ गतेदेखि बिक्री खुलेको छ । प्रति इकाई मूल्य दश रुपैयाँका दरले १२ करोड ५० लाख इकाई निश्कासन गरेको छ ।