नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

0
Shares

नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुरको सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ।

बैंकले २०७७, माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथी भूतपूर्व उद्योग मन्त्री श्री महेश बस्नेतले गर्नु भएको थियो ।

उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथी बस्नेतले गरे ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।