काठमाडौँ । सेयर बजार परिसुचक लगातार ओरालो यात्रामा छ । मंगलबार नेप्से परिसुचक ०.५३ अंकले घटेर २६४४.७० अंकमा पुगेको छ ।
कारोबारमा आएका ३२४ कम्पनीका १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयरहरु ५६ हजार ९ पटक किनबेच हुँदा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
यो साताको कारोबारको पहिलो दिन आइतबार २६.५१ अंकले घटेको नेप्से सोमबार ४.२८ अंकले घटेर २६५४.२४ अंकमा पुगेको थियो । आइतबार ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँको कारोबार भएकोमा सोमबार कारोबार रकम ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँमा पुगेको थियो ।
मंगलबार समग्र बजार घट्दा पनि सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङगल हाइड्रो र श्रीनगर एग्रिटेकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर ३१ करोड ८१ लाख ३५ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि युनियन हाइड्रोपावर ६ लाख ३४ हजार ३१९ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संंख्याको आधारमा बन्दीपुर केबलकार ३ हजार ६८६ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
मंगलबारको कारोबासँगै कूल बजार पूँजीकरण ४४ खर्ब ४० अर्ब ५१ करोड २४ लाख २२ हजार रुपैयाँ कायम भएको छ । सोमबार बजार पूँजीकरण ४४ खर्ब ४१ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया