
प्रहरीले मालपोत कार्यालय कलंकीमा नासु पदमा कार्यरत नारायण श्रेष्ठ र सोही कार्यालयका शाखा अधिकृत दिपक दाहाललाई पक्राउ गरेको छ । नासु र सुब्बालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ हो ।
नक्कली जग्गाधनी बनेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट ककनी गाउँपालिका ८ घर भएका श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका ४ बस्ने दाहाललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
थानकोट ५ मा रहेको मीना खड्काको १ रोपनी ४ आना जग्गालाई उनी बेल्जियम रहेको बेलामा नक्कली जग्गाधनी, जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरेको प्रहरीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया