अर्थतन्त्र विपरित आएको भारतीय शेयर बजारको बबल फुट्ने क्रम सूरु


निरन्तर सुधारको गतिमा रहेको भारतीय शेयर बजारमा पछिल्ला दिनहरुमा गिरावट सुरु भएको छ । हालसम्मकै उच्च विन्दुमा पुगेका भारतीय शेयर बजार सूचक यो साताका अन्तिम २ दिन अर्थात बिहीबार र शुक्रबार निरन्तर घट्दो क्रममा देखिएका हुन् ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताका बावजुद पनि शेयर बजारमा निरन्तर सुधार कायम रह्यो । अर्थतन्त्र हालसम्मकै उच्च अंकले नकारात्मक रहने अनुमान गरिरहेको समयमा शेयर बजारले भने एतिहासीक उचाई तय गरेको हो ।

विषम परिस्थितीमा पनि शेयर बजारमा आएको निरन्तर सुधार दिगो नभएको भारतीय अर्थशास्त्री तथा विश्लेषकहरुले बताउदै आएका थिए । मुम्बई स्टक एक्सचेन्जे सूचक सेनसेक्स ५० हजार पूग्ने अनुमान गरिएकोे साचो सावित भएपनि त्यसपछिको गिरावटको भने अनुमान भन्दा बाहिर रहेको छ ।

अर्थतन्त्रका कुनै पनि पक्ष सकारात्मक नभएको अवस्थामा शेयर बजारमा देखिएको सुधार उच्च जोखिमपुर्ण हुने उनीहरुको तर्क छ । त्यतिमात्र नभई रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तीकान्त दासले पनि शेयर बजारमा आएको बबल हो । यो जुनसुकै समयमा फुट्न सक्ने अभिव्यक्ति दिदै आएका थिए ।

नभन्दै यो साताका अन्तिम दुई दिन देखि शेयर बजारजरको सुधार रकिने मात्र नभै उच्च अंकले घट्दो क्रममा नै देखिएको छ । साताको बिहीबार ४ सय अंकले घटेको सेनसेक्स शुक्रबार ७४६ अंकले घटेको छ । दुइ दिनमा नै सेनसेक्स ११ भन्दा धेरैले घटेको हो ।

शुक्रबार कारोबार सुरु भएदेखि घट्दो क्रममा देखिएको सेनसेक्स ४८८७९ अंकमा झरेर बन्द भएको छ । त्यसैगरी नेशनल स्टक एक्सचेन्ज सूचक निफ्टी पनि २१८ अंकले घटेर १४४०० अंकमा झरेको छ । शुक्रबार फाइनान्सियल तथा मेटल कम्पनीको शेयरको बिक्री चाप धेरै रहेको हुनाले पनि समग्र बजार घटेको हो । शुक्रबार मुम्बई स्टक एक्चेन्जको बजार पुँजीकरण पनि घटेर १.९५ लाख करोडमा सीमित भएको छ ।

शुक्रबार आएको गिरावटका कारण भारतीय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले २ लाख कराड भारतीय रुपैयाँ गुमाएका छन् । बिहीबार १९६५१५२९.१४ करोड रुपैयाँ रहेकोमा कुल बजार पुँजीकरण शुक्रबार घटेर १९४४३२०९.४७ करोडमा सीमित भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।