एनआरएन इन्फ्रास्टक्चरले प्रुडेन्सीयल रि-इन्स्योरेन्समा १५ करोड लगानी गर्ने

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनीमा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष जीवनाथ लामिछानेको अध्यक्षतामा माघ ८ गते ४ः१५ बजे भर्चुअल माध्यमबाट सम्पन्न बैठकले प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडमा संस्थापक लगानिकर्ता भई १५ करोड रुपैया लगानी गर्ने भन्ने निर्णय सर्वसम्मतिले पारित गरेको हो ।

प्रस्तावित प्रुडेन्सीयल रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्दा कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्न लगायत कम्पनीको तर्फबाट हस्ताक्षर लगायत आवश्यक कार्य गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमती उषा खतिवडालाई सम्पुर्ण अख्तियारी समेत दिएको कम्पनी सचिव बद्री विशाल घिमिरेले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।