महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
नयाँ जीवन बीमा कम्पनीहरुमध्ये पनि कान्छो बीमा कम्पनी महालक्ष्मीले तेस्रो वार्षिक साधारण सभाबाट शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराउने भएको हो ।
कम्पनीले यसअघि पहिलो वार्षिक साधारण सभाबाट नै आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि २ वर्षसम्म शेयर जारी गर्न नसकेपछि पुनः साधारण सभाबाट अनुमति लिन लागेको हो ।
उक्त प्रस्ताव सहित अन्य प्रस्ताव पारित गर्नका लागि इन्स्योरेन्सले फागुन ३ गते होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ । इन्स्योरेन्सको माघ ७ गते बसेको सञ्चालक समितिको ४३ औँ बैठकले साधारण सभाको मिति तोकेको हो ।
इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभाले प्रतिकित्ता ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सको हाल चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्ने छ ।
सभाले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५/२०७६ को आय व्यय हिसाब, नाफा/नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।
त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया