आइतबारको बुलिस बजारमा यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से बढेर ऐतिहासिक उचाइमा पुगेर कारोबार रकममा समेत रेकर्ड तोडिँदा आइतबार एकैदिन एक दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । नेप्सेले २४२४.८४ नयाँ उचाई कायम गरेसँगै कारोबारमा आएको २०७ कम्पनीमध्ये १३४ को शेयरमूल्य बढेको छ । ५९ कम्पनीको शेयरमूल्य घटेको छ भने १४ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

कारोबारमा आएका पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, सर्पोट माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, प्राइम लाइफ, माउन्टेन इनर्जी नेपाल, एचआईडिसीएल, शिवश्री हाइड्रोपावर, र आशा लघुवित्तको शेरमूल्य ९ प्रतिशत धेरैले बढेको हो ।

Top Gainers

Symbol LTP % Change
As of 2021-01-24 15:00:00
PFL 264.00 10.00
GBLBS 814.00 10.00
MLBBL 1,749.00 10.00
GLICL 792.00 10.00
GLBSL 1,277.00 9.99
CIT 3,790.00 9.98
NCCB 364.00 9.97
SMB 1,669.00 9.95
RHPC 188.00 9.94
IGI 1,007.00 9.93
PLI 476.00 9.93
MEN 479.00 9.86
HIDCL 357.00 9.85
SSHL 173.00 9.49
ALBSL 1,565.00 9.06
MPFL 199.00 8.74
DDBL 1,898.00 8.46
SNLB 1,417.00 8.42
RHPL 400.00 8.40
RRHP 297.00 8.39
VLBS 1,457.00 7.93
RLI 676.00 7.30
RLFL 244.00 7.02

मल्टिपपर्स फाइनान्स, डिप्रोक्स लघुवित्त, सारथी नेपाल, रसुवागढी, रैराङ्ग हाइड्रोपावर, विजय लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्सको पनि ७ प्रतिशत धेरैले मूल्य बढेको छ ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । एनआईबिएल प्रगति फण्ड, सामुदायिक लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रिमियर इन्स्योरेन्स, जानकी फाइनान्स, बिशाल बजार कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य पनि घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2021-01-24 15:00:00
NABBC 627.00 -9.91
NIBLPF 11.42 -4.99
SLBSL 1,320.00 -3.79
SAPDBL 185.00 -3.65
PIC 1,130.00 -3.42
JFL 290.00 -3.01
NICBF 10.38 -2.99
BBC 3,000.00 -2.94
LICN 2,408.00 -2.90
UMRH 237.00 -2.87
KPCL 211.00 -2.76
KRBL 180.00 -2.70
BFC 180.00 -2.70
GRDBL 183.00 -2.66
MFIL 407.00 -2.63
STC 8,000.00 -2.43
SLBS 1,622.00 -2.23
NLIC 2,849.00 -2.03
EICPO 292.00 -2.01

शेयर बजारमा नयाँ कीर्तिमान, ऐतिहासिक उचाइमा नेप्से पुग्दा एकैदिन ९ अर्ब ३७ करोडको कारोबार

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।