सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने


काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको कुल २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्नेछ।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।