चार्टर्ड र लक्ष्मी बैंक राष्ट्र बैंकको कारबाहीमा, आरबिबिका सीईओ र ग्लोबल आइएमई बैंकलाई सचेत

0
Shares

नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई नियम पालना नगरेको भन्दै कारवाही गरेको छ । केन्द्रीय बैंकले दुई बैंकलाई नगद जरिवाना गरेको छ भने ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गराएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नियमको पालना नगरेपछि स्ट्याण्डर्ड चार्टर्ड र लक्ष्मी बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्डलाई चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गनुर््पर्ने कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार रुपैयाँ नगद जरिवाना गरेको हो ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन तथा निर्देशिका पालना नगरेको भन्दै केन्द्रीय बैंकले २० लाख रुपैयाँ जरिवाना गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकलाई सचेत गराएको छ । केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले ऐन नियम तथा निर्देशनको पालना नगर्ने बैंक वित्तीय संस्था तथा त्यसका सञ्चालक तथा कर्मचारीलाई कारबाही गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।