तीन कम्पनीको नेप्सेमा शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार तीन कम्पनीको बोनस शेयरमा शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । तीनवटै कम्पनीको बोनस शेयरको बुकक्लोजसँगै सोमबार नेप्सेले बोनस समायोजन गरी समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३२४ रुपैयाँ मूल्य निर्धारण गरेको छ । आइतबार बैंकको ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यबाट बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।

यस्तै सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस समायोजनपछि प्रतिशेयर २१७ रुपैयाँ मूल्य तोकिएको छ । फाइनान्सको शेयर आइतबार २३२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको अनुसारको मूल्यमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

सोमबार नै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको पनि शेयरमूल्य समायोजन भएको छ । कम्पनीको २.८५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता शेयरमूल्य ३६९ रुपैयाँ तोकिएको छ । कम्पनीको आइतबार ३८० रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो । आइतबार कारोबार भएको अन्तिम मूल्यबाट बोनस समायोजन गरी नयाँ समायोजित मूल्य निर्धारण गरिएको हो ।

शुक्रबार समायोजित भएको मूल्यका आधारमा नै आइतबार तीनवटै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार  ०९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।