सेयर बजारमा दोहोरो अंकको गिरावट, वाणिज्य बैंक समूह स्थिर रहँदा अरु सबै उपसुचकमा गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबार पहिलो दिन आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ अंकमा पुगेको छ । आइतबार ६० हजार ६९९ पटकको कारोबारमा १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयरहरु ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साताको कारोबारको अन्तिम बिहीबार १.६६ अंकले घटेर २६०७.३७ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ कायम भएको थियो ।

आइतबार वाणिज्य बैंक समूह स्थिर रहँदा अरु सबै उपसुचकमा गिरावट आएको छ । जीवन बीमा समूह ११५.६५ अंकले घटेको बजारमा होटल तथा पर्यटन समूह ६१.५२ अंकले घटेको छ ।

समग्र बजार घट्दा पनि स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एनआईएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको बजारमा उपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ४.७० प्रतिशतले बढेको छ ।

सिटी होटलको सेयर मूल्य सबैभन्दा बढी ६.२६ प्रतिशतले घट्दा श्रीनगर एग्रिटेकको सेयर मूल्य ४.६५ प्रतिशत, लक्ष्मी लघुवित्तको सेयर मूल्य ४.५५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ४.३४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ङ्यादी ग्रुप पावर १८ करोड ८७ लाख १ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर अग्रिटेक ५ हजार ४९५ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

आइतबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ५६ अर्ब ८४ करोड २६ लाख रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।