काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से ६.७४ प्रतिशतले बढेर २६०१.६१ अंकमा पुगेको छ । सोमबार ५६ हजार १२२ पटकको कारोबारमा ७७ लाख ५७ हजार ६२५ कित्ता सेयरहरु ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार नेप्से १२.५ अंकले घटेर २५९४.८७ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ पुगेको थियो ।
सोमबार स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ८.७९ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ४.०९ प्रतिशतले बढेको छ ।
यता, हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ६.९९५ प्रतिशतले घटेको छ । एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ५.७३ प्रतिशतले घट्दा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ५.१८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ङ्यादी ग्रुप पावर १४ करोड २५ लाख ६८ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लक्ष्मी सन्राइज बैंक ६ लाख ७ हजार ३५८ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर अग्रीटेक ४ हजार ६८६ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।
सोमबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४३ खर्ब ५६ अर्ब ८४ करोड २६ लाख रुपैया ँकायम भएको थियो ।












प्रतिक्रिया