उत्साहजनक प्रतिफलका साथ कृषि विकास बैंकको १९औँ वार्षिक साधरण सभा सम्पन्न


काठमाडौँ। कृषि विकास बैंकको आर्थिक वर्ष २०८१/८२ १९औँ वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मिति २९ गते सोमबार सम्पन्न भयो ।

बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा स्थापना भएका शाखाहरु, मुख्य कार्यालय समेत गरी २८५ वटा कार्यालय मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको छ । यस साधरणसभामा शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित भै सकेको सन्र्दभमा यथाशिघ्र सोही अनुसारको लाभाशं शेयरधनीहरुलाई उपलव्ध गराईने प्रतिवद्धताका साथ आर्थिक वर्ष २०८१/८२ कृषि विकास बैंकको उन्नाईसौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त साधरणसभामा बक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राखेका थिए भने केहि शेयरधनीहरुले लिखित मन्तव्य समेत दिएका थिए । यसरी भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा.हरी बहादुर केसी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल,विनोद कुमार गुरागाँई ,रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।