आरएसडिसी लघुवित्तको प्रगति औषत मात्र

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) को प्रगति औषत देखिएको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा चालु आवको यसैअवधिमा कम्पनीले गरेको प्रगतिमा सामान्य मात्र वृद्धि देखिएको छ ।

लघुवित्तले पुस मसान्तसम्ममा ५ करोड २२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले १३.४८ प्रतिशत (६२ लाख १३ हजार रुपैयाँ) ले नाफा वृद्धि गरेको हो ।

चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४.२९ रुपैयाँ छ ।

जगेडा कोषमा ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ११५.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.३४ गुणा छ ।

पुस मसान्तसम्ममा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ सापटी लिएर लघुवित्त कम्पनीहरुलाई ३ अर्ब १८ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तले ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ११ लाख ५८ हजारले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २३ लाख ३९ हजारले घटेर ६ करोड ९८ लाख ४८ हजारमा सीमित भएको छ । खराब कर्जा नोक्साी व्यवस्था बढ्दा कम्पनीको सञ्चालन नाफामा दबाब परेको हो । १ करोड २९ लाख कर्जा नोक्साी व्यवस्था गरेको लघुवित्तले १ करोड ३१ लाख खराब कर्जा असुली गरेको छ ।

समीक्षा अवधिमा कोरोना भाइरस संक्रमण कारणऋण असुली प्रभावित बन्दा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.१९ बाट बढेर ०.६४ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।