हिमालयन बैंकले गोरखा डिपार्टमेन्ट स्टोरको सम्पत्ति लिलामी गर्ने


काठमाडौँं । हिमालयन बैंकल गोरखा डिपार्टमेन्ट स्टोरको चल अचल सम्पत्ती लिलामी गर्ने भएको छ । बैंकले इटहरीसहित पूर्वी नेपालका ५ सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको सम्कपत्ती लिलामी गर्ने भएको हो ।

त्यसका लागि बैंकले सूचना जारी गर्दै साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अल्टिमेटम दिएको हो । बैंकले ब्लाष्ट टाइम्स दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ।

सूचनाअनुसार मंसिर २८ गते प्रकाशित सूचना बमोजिम ३५ दिन अर्थात् २०८२ माघ ३ गतेभित्र दायित्व भुक्तानी नभए ऋणीलाई कालोसूचीमा राखी ऋण असुली प्रक्रिया अघि बढाइने जनाइएको छ ।

बैंकले इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरीडाँडा, हाँसपोसा, एकम्बा लगायत विभिन्न स्थानमा रहेका ४२ कित्ता जग्गा लिलामीमा राख्ने प्रक्रिया सुरु गरेको छ। साथै सञ्चालक बलराम आचार्यले प्रयोग गर्दै आएका टोयोटा ल्याण्डक्रुजर, टाटा इन्ट्रा र किया सेल्टोस गाडीहरू पनि लिलामी सूचीमा समावेश गरिएको छ।

लामो समयदेखि व्यापारिक रूपमा थलिएको गोरखा डिपार्टमेन्ट स्टोरले बैंकको ब्याजसमेत नियमित रूपमा तिर्न नसकेपछि लिलामी प्रक्रियामा पुगेको बैंक स्रोतले जनाएको छ।

 

 

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।