बुद्धभुमी नेपाल हाइड्रोपावरको आईपीओ आउने, साधारण सभाबाट प्रस्ताव पारित गर्दै

0
Shares

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले आगामी फागुन ७ गते शुक्रबार आह्वान गरेको १३ औं वार्षिक साधारण सभामा प्राथामिक शेयर निष्काशन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने मुख्य एजेण्डा राखिएको छ ।

साधारण शेयर निष्काशनका लागि कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयरको रेटिङ समेत सम्पन्न गरिसकेको छ । कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । यो रेटिङ्ग आईपीओ निष्काशन गर्न मिल्ने रेटिङ हो । नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार ग्रेड पाँच रेटिङ्ग प्राप्त गर्ने हाइड्रोपावर कम्पनीले भने साधारण शेयर निष्काशन गर्न नपाउने प्रावधान छ ।

कम्पनीले ५ मेगावाट क्षमताको तल्लो तादी खोला हाइड्रोपावर आयोजान निर्माण गरिहेको छ । आयोजनाको निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ ।

सभामा आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व. २०७६/७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव छ । यस्तै सभाले आव २०७७/७८ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

कम्पनीले रजिष्ट्रार कार्यालय महाराजगञ्ज, काठमाडौंमा फागुन ७ गते शुक्रबार बेलुका ३ बजे सभा गर्ने जानकारी गराएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।