काठमाडौँ । उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने उद्देश्यका साथ गोडरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूका लागि लागू गरिएको ४ वर्षे कम्प्रिहेन्सिभ वारन्टी औपचारिक रूपमा सार्वजनिक गरेको छ।
“गोडरेजसँग मात्र” भन्ने ट्यागलाइनसहित सुरु गरिएको यो कम्प्रिहेन्सिभ वारन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोडरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ। गोडरेजले आफ्ना वाशिङ मेसिनहरूमा ४ वर्षको कम्प्रिहेन्सिभ वारन्टीका साथै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्टपुर्जा तथा सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको छ।
गोडरेजका यी वाशिङ मेसिनहरू कृत्रिम बौद्धिकता आधारित टर्बिडिटी सेन्सिङ प्रविधि सहित डिजाइन गरिएका छन्। यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। कम्पनीका अनुसार यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम हुन्छ।
यस प्रविधिको प्रयोगबाट कपडा लामो समयसम्म सफा, नरम तथा सुरक्षित रहने भएकाले उपभोक्ताको दैनन्दिन धुने अनुभव अझ प्रभावकारी र भरपर्दो बन्ने गोडरेजले जनाएको छ।












प्रतिक्रिया