नेपाली बजारमा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलाको ४ सयले बढेको हो।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ स रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सय रुपैयाँ, तेजावी ९१ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।