काठमाडौँ । सेयर बजार परिसुचकमा लगातार तेस्रो दिन पनि सुधार आएको छ । बुधबार नेप्से ५.७० अंकले बढेर २६२५.७० अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार ५८ हजार ९६ पटकको कारोबारमा ८५ लाख ९८ हजार ४२४ कित्ता सेयरहरु ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँमा किनबेच भएका छन् ।
मंगलबार नेप्से १८.३७ अंक बढ्दा कारोबार रकम ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ पुगेको थियो । सोमबार नेप्से ६.७४ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको थियो ।
बुधबार निर्जीवन बीमा समूह ४०.०६ अंकले, होटल तथा पर्यटन समूह २५.९७ अंकले र व्यापार समूह १०.५५ अंकले घट्दा अरु सबै उपसुचकमा सुधार आएको छ ।
स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा नारायणी विकास बैंकको सेयर मूल्य ८.७७ प्रतिशत, चिखर््वा हाइड्रोपावरको सेयर मूल्य ५.३३ प्रतिशतले र माई खोला हाइड्रोपावरको सेयर मूल्य ४.३३ प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । उपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ३.२१ प्रतिशतले, इस्टर्न हाइड्रोपावरको सेयर मूल्य ३.०९ प्रतिशत र शुभम् पावरको सेयर मूल्य २.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर २२ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि युनियन हाइड्रोपावर ४ लाख ५४ हजार ७९४ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर एग्रिटेक २ हजार ७१४ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।












प्रतिक्रिया