
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस (NCHL-IPS), कनेक्ट आईपीएस (connectIPS), र कनेक्ट आरटिजिएस (connectRTGS) प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको छ ।
उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरेका छन् ।
एनसीएचएल आईपीएस प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (डाइरेक्ट क्रेडिट) र लिने (डाइरेक्ट डेबिट) जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटिजिएस प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।
कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएल सँगको सहकार्य पश्चात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ ।
नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित एनसीएचएलको इसीसी, आईपीएस, कनेक्ट आइपीएस इ पेमेन्ट, कनेक्ट आरटिपीएस, नेशनल इन्टरफेस (एनपीआई) र कर्पोरेट पे प्रणालीहरू सञ्चालनमा रहेका छन् । साथै आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया