काठमाडौँ । अब पालो टी–२० वर्ल्डकपको। यही खेल उत्सवको उमङ्गलाई थप उचाइमा पुर्याउन नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले आफ्ना साना घरायसी उपकरणहरूका लागि सिजीको साथमा, वर्ल्डकप टिकट हातमा लेभलअप विथ सीजी भन्ने मूल नाराका साथ विशेष उपहार योजना सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० वर्ल्डकप को उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस विशेष योजना अन्तर्गत ग्राहकहरूले सिजीका साना घरायसी उपकरणहरू खरिद गरी बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार, “बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले सीजीको उपकरण खरिद गरेपछि CGSDA [space] Serial Number [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ।
यस प्याकेजमा विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समावेश गरिएको छ।”यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।
देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।












प्रतिक्रिया