बुधबार प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको भाउ

0
Shares

सुनको भाउ बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज चाँदीको भाउमा पनि गिरावट आएको छ । मंगलबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको ४ सयले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ स रुपैयाँ मा कारोबार भएको थियो ।  यस्तै चाँदी ५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँ मा खरीद बिक्री भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।