सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश वितरण, शेयरधनीको बैंक खातामा जम्मा

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLICL) ले १२ औँ वार्षिक साधारण सभाले पारित गरेको लाभांश वितरण गरेको छ ।

इन्स्योरेन्सको माघ ६ गते सम्पन्न साधारण सभाले पारित गरेको ५.५२६ प्रतिशत नगद लाभाशं शेयरधनीहरुको बैंक खातामा नगद लाभांश वितरण गरेको हो ।

पुस १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरेको इन्स्योरेन्सले जनाएको छ ।  यस्तै सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर भने सिडिएस एण्ड क्लियरिङ तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ । 

उक्त साधारण सभाका लागि कम्पनीले गत पुस १७ गते बुकक्लोज गरेको थियो । यसअनुसार गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।

गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने समेत कम्पनीले जानकारी गराएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।