सुपर मादी हाइड्रोले साढे ३१ करोडको आईपीओ बिक्री प्रक्रिया अघि बढायो

0
Shares

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले साढे ३१ करोड बराबरको आईपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारणका लागि ३१ करोड ५० लाख बराबरको एक सय रुपैयाँ अंकित दरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।

आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्प ज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका अवस्थित मादी खोलामा निर्माणाधिन (४४ मे.वा.) सुपर मादी जलविद्युत आयोजनामा निमार्ण गरिरहेको छ। जसको जारी पूँजी दुई अर्व १० करोड छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो ।

कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादी गाउँपालिका (तत्कालिन नामाजुङ्ग र पार्चे गा.वि.स.) मा बहने मादी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ६५% सम्पन्न भएको छ भने आगामी २०७८ साल पौष महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।