एनएमबि बैंक (NMB) ले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएको छ । बैंकले बचत खातामा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको हो ।
हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी यो योजना ल्याइएको बैंकले जनाएको छ ।
बैंंकले माघ महिना अघि देखिनै बचतमा बढी ब्याज दिन शुरु गरेको थियो ।
हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि ४ वर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको हो । बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया