काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न सभा बोलाएको हो ।
लघुवित्तले पुस ३० गते बुधबार, स्काइ लक्स होटल, इटहरी–१, सुनसरीमा बिहान ११ बजे ११ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।












प्रतिक्रिया